
पूर्णपुष्टि, जेठ २
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ को पुनः मतदान अन्यौलकाबीच गुज्रिरहेको छ । वैशाख ३० गते पुनःमतदान हुने सम्बन्धी सुचना टाँस गरी हिडेको निर्वाचन टोली चारदिनसम्म पनि वेखबर छ । पुनः मतदान कहिले हुने भन्ने ब्यग्र प्रतिक्षामा रहेका मतदाताहरु अन्यौलमा परेका छन् । आफ्नो मताधिकार हुनन् हुन नहुने भन्दै सिघ्र मतदानको माग गरेका छन् ।
मतदाताहरुका अनुसार मतदानको दिन ४ः३० बजेको समयमा मतदान अधिकृतहरुले वर्षात र असहज परिस्थितिको कारण देखाउदै सुचना टाँस गरी हिडेका थिए । जेठ १ देखि पुनःमतदानको कार्यक्रम देशको विभिन्न ठाउँमा भएपनि निर्वाचन आयोगकोले त्रिनपा १२ को बारेमा केही बोलेको छैन । यसबीचमा मुख्य निर्वाचन अधिकृत दिपक खनालले स्वास्थ्यको कारण देखाउदै राजीनिमा दिएपछि यहाँको निर्वाचन प्रक्रिया थप अन्यौलमा परेको हो । निर्वाचन आयोगले उहाँलाई नै तोक्ने वा अरुलाई तोक्ने भन्ने बारेमा केही निर्णय सार्बजनिक गरेको छैन । मुख्य निर्वाचन अधिकृत नै टुङ्गो नलागेकोले पनि त्रिनपा १२ को निर्वाचन बारे अन्यौलता बढेको छ ।
पुनःमतदान हुने नहुने, कहिले र कसरी हुने भन्ने बारेमा आधिकारिक जानकारी सर्बसाधारणले पाउन सकेका छैनन् ।
जिल्लाको ८ पालिका मध्ये त्रियुगा र कटारी नगरपालिकाको गणना स्थगित छ । ६ वटाको मगगणना हुँदा चारवटाको अन्तिम मत परिणाम नै आइसक्दा पनि यहाँको अन्यौलताले सर्बसाधारणमा अनेकन आशंका पैदा गर्न थालेको छ ।
