
पूर्णपुष्टि, जेष्ठ ५
त्रियुगा नगरपालिका १२ को पून : मतदान वा खसेकै मतलाई गन्ने बारे मुख्य निर्वाचन अधिकृत कार्यालयको अन्योल बारे उदयपुर कांग्रेसले ध्यानाकार्षण गरेको छ । जिल्ला सभापति हिमाल कार्कीको हस्ताक्षर बिज्ञाप्तीमा आज सम्म पनि कुनै निर्णय नआउँदा बिभिन्न आसंकाहरु उब्जीएको भन्दै यसलाई तत्काल निर्णय नगरेमा आफुहरु आन्दोलनमा उत्रने चेतावनी विज्ञाप्तीमा उल्लेख गरिएको छ । कांग्रेस उदयपुरले यसको ढिलाई सुस्ती प्रति गम्भीर ध्यानाकर्षण गराउँदै अन्य ठाउँहरुमा ३० गते रोकिएको चुनावहरु धमाधम भैरहेको र मतगणनाहरुको कार्य भैरहँदा उदयपुरमा भने यसको कुनै पनि ध्यान नपुगेको भन्दै यस बिषयमा तत्काल निर्णय सार्वजानिक गर्न अनुरोध गरेको छ ।

