Wednesday, April 22News That Matters

त्रिनपा -१२ मा माओवादी विजयी

उदयपुर, मंसिर १७
उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १२ काे वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नविनकुमार बान्तवा राई विजयी भएका छन् । उनी निकटतम् प्रतिद्वन्द्वि एमालेका लक्ष्मिनारायण चाैधरीलाई भारी मतले पछि पार्दै ९२३ मतका साथ विजयी बनेका हुन् । एमालेका चाैधरीकाे ६०८, नेपाली काङ्ग्रेसका सञ्जिव काफ्लेकाे ३५९, नेकपा एसकी निर्मला चाैधरीकाे ३१२, राष्ट्रिय स्वतन्त्र पार्टिकाे २०२ मत आएकाे हाे । साे वडामा एक स्वतन्त्रसहित नाैं जना प्रतिष्पर्धामा उत्रिएका थिए । उक्तवडामा ३८४७ मतदाता मध्ये २५२७ मत खसेकाे थियाे ।