
पूर्णपुष्टि, असोज २४ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं। १४ साउनेको बाढी पिडितलाई राहत वितरण गरिएको छ । गत असार १२ गते पन्चकोशीमा आएको भिषण बाढीले आसपासका बस्तिहरु मुक्सार, बलौटे, बाजगरा, घिर्लिङ, सिम्ले, ढुङ्ग्रे सम्म मानविय क्षेति बाहेकको घर सहित ठुलो धन बालिको क्षती भएको थियो ।
बुधबार नगर प्रमुख, उपप्रमुख, नेपाल रेडक्रस सोसाइटी र ह्याबिटाट नेपालका प्रतिनिधिहरुको उपस्थितिमा पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो । विपद् व्यवस्थापन समिति, राहत संकलन समिति, विभिन्न संघसंस्था, टोल विकास समिति र सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा राहत संकलन गरिएको थियो ।
राहत वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष बाढी पीडितहरुलाई दशैं पर्वको अवसरमा सकेसम्म सहज वातावरण सिर्जना गर्न प्रयास गरिएको बताए । यस वर्षको दशैं विपद्का कारण प्रभावित भए पनि सुखद् रुपमा मनाउन सबैलाई आग्रह गरिएको छ ।
