Monday, April 20News That Matters

त्रियुगा उद्योग बाणिज्य संघको नि:शुल्क स्वास्थ्य शिविरमा सात सय बढीले लिए सेवा

पूर्णपुष्टि, वैशाख १५ ।
शुक्रबार त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले आयोजना गरेको निशुल्क स्वास्थ्य शिवीरमा बढी भन्दा बढी विरामीहरुले सेवा लिएको छ । जिल्ला अस्पताल उदयपुरमा संञ्चालन यो सिविरमा त्रियुगा नगर र त्यस बाहेकका अन्य ठाउँका सेवाग्राहीहरुले धेरै फाईदा लिएका छन् । बिषेशगरी बृद्ध बृद्धा र महिलाहरुलाई प्राथामिकता दिएर शिविर संञ्चालन गरेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । शिविरमा क्यान्सर, मुटु, नसा, स्त्री रोग र नाक कान घाँटीको निशुल्क चेक जाँच सम्बन्धि चेक जाँच भएको अध्यक्ष रसाईलीको भनाई छ ।

त्यस बाहेकका सामान्य उपचार र परिक्षण भने चल्नेनै छन् । सिविरले निशुल्क औषधी पनि वितरण गरेको छ । रसाईलीका अनुसार मुटु सम्बन्धि २ सय ३५, स्त्रि सम्बन्धि ६०, मुटु इको ९९ , नाककान घाँटी १४७, र न्युरो १६७, क्यान्सर २९ गरी ७ सय ३७ जनाले सिविरको प्रत्यक्ष फाईदा उठाएको छ । सामान्य चेकजाँच सहित हजार बढीले सेवा लिएको छ । सिविरमा केही विरामीहरु जटिल अवस्थाको रहेको समेत जनाईएको छ । जटिल प्रकारको विरामीलाई बिएन्डसी हस्पिटलले ३० प्रतिशत छुटमा उपचार गराउने जनाएको छ । अन्य विरामीहरु प्राय सबै नर्मलनै रहेको हस्पिटलले जनाएको छ ।