
पूर्णपुष्टि, चैत्र १२
त्रियुगा नगरपालिका रजत महोत्सवको अवसरमा संञ्चालन भएको निशुल्क स्वास्थ्य सिवरमा १५ सय बढीले सेवा लिएका छन् । गाईघाट स्थित त्रियुगा नगरपालिका १३ को पूर्व पश्चिम वसपार्कमा भएको उक्त सिविरले १५ सय ३२ जनालाई निशुल्क स्वास्थ्य सेवा दिएको त्रियुगा नगरपालिका स्वास्थ्य शाखाका साहायक संयोजक अबध नारायण चौधरीले जानकारी दिए ।
सिविरमा आँखा, महिलाको पाठेघर, ईसिजी, खोप, जेष्ठ नागरिकहरुलाई मुटु तथा मृगौला र रक्तदान लगायत कार्यक्रमको आयोजना गरिएको थियो ।

संयोजक चौधरीका अनुसार त्रियुगा नगरवासीहरुले उक्त सिविरको प्रत्यक्ष फाईदा उठाउनुका साथै स्वास्थ्य समस्याहरु हल गरेको जनाएको छ । उनले आखाँमा मात्रै करिब ३ सय बराबर रोगीहरुले सेवा लिएको जनाए । त्यसमध्ये ४७ जनामा मोती बिन्दु देखिएको जनाएको छ । उनिहरु सबैलाई उक्त सिविर मार्फत त्रियुगा नगरपालिकाको खर्चमा चौधरी आखाँ अस्पतालमा लगेर निशुल्क शल्यक्रिया गराउने जनाए । त्यसमा आउने जाने सबै खर्च नगरले बेहोर्ने चौधरीले जनाए । यसैगरी आखाँ रोगी करिब ८५ जनालाई निशुल्क पावरवाले चस्मा समेत वितरण गरिएको छ । जसमा ४१ हजार बढीको निशु्ल्क औषधी पनि वितरण गरिएको छ ।

यता सिविरमा पाठेघर सम्बन्धि ६२ जनाले जना महिलाहरुले सेवा लिएको त्रियुगा नगर स्वास्थ्य शाखाका कर्मचारी धर्मेन्द्र रेग्मीले जनाए । पाठेघर सहित, खोप ३ सय जना, इसीजी १२० जना र जेष्ठ नागरिकहरुको मुटु तथा मृगौला चेक सम्बन्धि ७ सय जनाले सेवा लिएको रेग्मीले जनाए । यता रक्तदान कार्यक्रममा पनि २७ जनाले भाग लिएको रेग्मीले बताए ।
