Friday, August 7News That Matters

त्रियुगा नगरपालिका द्धारा आज २ वडामा खाद्यन्न वितरण

गाईघाट/चैत्र, १७

त्रियुगा नगरपालिकाले आज २ ओटा वाडहरुमा खाद्यन्न सामाग्रीहरु वितरण गरेको छ । कोरोना भाईरसको संक्रमाण अहिले नेपालमा लकडाउनको अवस्थामा पुगेपछि नगरपालिका भित्रका दैनिक ज्याला मजदुरी र विपन्न परिवारको पहिचान गरी १६ ओटै वडाहरुमा नगरले खाद्यन्न वितरणको कार्यक्रम राखेको छ ।

मंगलबार त्रियुगा नगरपालिका वडा नं १३ र १२ मा १५ सय केजीको दरले चामल र त्यसमा दाल, तेल, नुन लगाएतका प्याकेज बनाएर वितरण गरिएको त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले बताउनुभयो ।

उहाँले २ नं वडामा पहिले नै वितरण गरिसकेको र भोली बाँकी रहेको वडाहरुमा बाडिँ सक्ने गरी वितरण कार्यमा लाग्ने पनि जनाउनुभयो ।

वडामा रहेका विपन्न परिवारहरुलाई अहिले खाद्यन्नको संकट परेको भन्दै नगरले सहयोगिहरुको साथमा खाद्यन्न वितरण्को कार्यक्रम गरेको हो ।

त्रियुगा नगरपालिकाकी उपमेयर देवी कुमारी चौधरीले जति चाँडो खाद्यन्न वितरण सक्नु पर्ने वताउनुभयो । अहिले काम नहुदा हातमुख जोड्न समस्या परेका त्यस्ता व्यक्तिहरुलाई तत्काल वडाहरुमा पुराएर खाद्यन्न वितरण गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले पछि लक डाउन खोलेपछि त काम गरेर खान्छ अहिले बन्दको अवसरमा भोकले मर्ने हुदा तत्काल खाद्यन्न विपन्न परिवारमा पुराउनु पर्ने बताउनुभयो ।

त्रियुगा नगरपालिकाको राहत कोषमा बिभिन्न संघ सस्था, व्यक्तिहरुले सहयोग रकम जम्मा गरेको छ । आज समाजसेवी महेश रेग्मीले पनि त्रियुगा नगरपालिकाको राष्ट्रिय बाणिज्य बैँकमा रहेको राहत कोषमा ५ लाख २१ हजार ३ सय तेत्तिस रुपयाँ सहयोग रकम जम्मा गर्नुभएको छ । हिजो ब्यापारी तथा समाजसेवी राजेश बछारले पनि १ लाख ७ हजार जम्मा गर्नु भएको उपमेयर चौधरीले बताउनुभयो ।