
पूर्णपुष्टि,वैशाख १७ । त्रियुगा नमुना मा.वि. गाईघाटको शिक्षक अविभावक संघको अध्यक्षमा लोकबहादुर तामाङ बिजयी भएका छन् । तामाङले आफ्नो प्रतिद्धन्दी भन्दा ३७ मत बढी ल्याएर अध्यक्ष पदमा निर्वाचित भएको हो । उनले जम्मा २३८ मत ल्याएका थिए भने उनका प्रतिद्धन्दी सुवास विश्वकर्माले २ सय १ मत प्राप्त गरेका थिए । यता फुटबल चुनाव चिन्ह नवराज घिमिरेले भने ११३ मत मात्र प्राप्त गरे । उक्त चुनाव शनिवार विहान ७ त्रि.मा.वि गाईघाटको प्राङगनमा सम्पन्न भएका थिए ।

