
पूर्णपुष्टि, असार २७ ।
आजको भिषण वर्षाले त्रियुगा नदिमा आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गोविन्द पुरीका अनुसार त्रियुगा नगरपालिका ९ गैरुनका ६० वर्षिय मानन् चौधरीलाई त्रियुगा बाढीले बताउदा ज्यान गएको हो ।
त्रिनपा ५ देउरीबाट त्रियुगा तर्ने क्रममा बाढीले बगाएको चौधरीलाई केही तल मृत अवस्थामा फेला पारिएको थियो । बगाएको खबर लगत्तै प्रहरीटोली खटिएको थियो भने स्थानीयहरु उद्धारमा गएको भएपनि चौधरी मृत अवस्थामा भेटिएका थिए । मृतक चौधरीको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शब गृहमा राखिएको प्रहरीले जनाएको छ ।
यो वर्षको मनसुन वर्षातपछिको बाढीले मानिसको ज्यान दिएको यो पहिलो घटना हो । गएरातीदेखि परेको भिषण वर्षातले जिल्लाको विभिन्न ठाउँमा कटान, तथा डुबान भएको भएपनि सामान्य अवस्थामा रहेको जानकारी प्रहरीले दिएको छ ।
तस्विरहरू :

