Monday, April 20News That Matters

त्रियुगाको दुर्गम वडा १६ नं का महिलाहरुलाई निशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार

पूर्णपुष्टि, चैत्र २४ । त्रियुगा नगरपालिका वडा नं १६ मा महिलाहरु सँग सम्बन्धित बिभिन्न रोगको निशुल्क चेक जाँच तथा उपचार भएको छ । बिहानी महिला सामुदायीक संस्था त्रिनपा १६ को आयोजना, १६ नं वडा कार्यालयको सहयोग तथा उदयपुर अस्पताल गाईघाट र ओरेक नेपालको समन्वयमा संञ्चालन गरिएको एक दिने महिला स्वास्थ्य उपचार तथा स्क्रिनिङ सिविरमा चेक जाँच तथा उपचार गरिएको हो । वडाअध्यक्ष मान वहादुर राईका अनुसार त्यस सिविरबाट वडाका करिब सय जना महिलाहरुले प्रत्यक्ष सेवा लिएको जनाए । जिल्ला अस्पताल उदयपुरका महिला तथा स्त्री रोग बिषेशज्ञ मुकेश झाको नेतृत्वमा १६ नं वडाको आधारभुत स्वास्थ्य चौकी सुकौरामा कार्यक्रम संञ्चालन गरिएको हो । २०७९-०८० को स्वीकृत वडागत महिला लक्षित बजेटबाट सिवीर संञ्चालन गरिएको अध्यक्ष राईले जनाए । उक्त सिवीरमा ३ जनाको भने जटिल समस्या फेला परेको छ ।

उनिहरुको भने शल्यक्रिया नै गर्नु पर्ने अवस्था आएको अध्यक्ष राईले जनाए । अन्य ८१ जनाले भने औषधी प्रयोग गर्नु पर्ने अवस्था रहेको छ । उनिहरुले औषधी लिएर आफ्नो स्वास्थ्य सुधार्ने छन् भने बाँकी ३ जना महिलाहरुको भने शल्यक्रियानै गर्नु पर्ने अवस्था आएको हो । हरेक व्यक्तिलाई स्वास्थ्यमा पहुँच पुराउन राज्यकै मुख्य दायीत्व रहेको हुँदा स्थानीय सरकारको हैसियतले वडावासी महिलाहरुलाई निशुल्क स्क्रिनिङ सिविर आयोजना गरिएको अध्यक्ष राईको भनाई छ । राईले गाउँघरमै आएको यस सेवा मौकामा सबै महिलाहरुले सहभागी जनाएर आफ्नो स्वास्थ्य परिक्षण गराउन समेत अध्यक्ष राईले सुझाए । उनले सिविरमा आफ्नो सबै समस्या लाज नमानीकन डाक्टर सामु जानकारी गराएर रोगबाट ग्रस्त हुनबाट बच्न अनुरोध गरे ।

सिविरलाई ओरेक नेपालले थप सहजीकरण गरेका थिए । महिलाहरुमा हुने बिभिन्न रोगहरु सँग सम्बन्धित कुराहरुलाई उनिहरुले सहजीकरण गरेका थिए । ओरेक नेपाल साईको सोसल काउन्सलर कमला खड्काले महिलाहरु लाजले आफ्नो रोगहरु लुकाउने गरेको जनाईन् । यसरी आफ्नो शरिरमा हुने कुनै पनि रोगलाई खुलस्त गराउने र उपचारमा होमिनु पर्ने जनाईन् । यसरी महिलाहरु लाजले गर्दा रोगबाट ग्रस्त हुने भन्दै ओरेक नेपालले काउन्सिलर पनि गराएका छन् । यसले रोग निर्मुलका लागि बिभिन्न जरीबुढीहरु बारे पनि जानकारी गराएको छ । जडिबुटीको माध्यमद्धारा पनि महिलाहरुले आफुलार्य स्वस्थ्य राख्न सक्ने भन्दै २७ भन्दा बढी स्थानीय जरीबुटी बारे समेत जानकारी गराएको छ । कार्यक्रममा विहानी महिला सामुदायक संस्थाकी अध्यक्ष कुमारी राईले वडा तथा अन्य संघ संस्थाहरु सित मिलेर आगमी दिनमा यस्ता कार्यक्रमहरु थप बढाउँदै जाने बताईन् । उनले त्यस क्षेत्रका महिलाहरुका लागि संस्थाले अन्य कार्यक्रमहरुमा समेत जोड्ने बताईन् । संस्थाकी सचिव सिता तामाङले स्वास्थ्य सिवीरबाट महिलाहरुले अधिकतम लाभ लिएको जनाईन् । उनले ओरेक नेपालले संञ्चालन गरेको ओरेन्टेसनले सिविरलाई थप ै सहज भएको जनाईन् ।

३ जना जटिल रोगका महिलाहरुलाई वडाको सहयोग र समन्वयमा उपचार गरिने

सिविरमा देखिएका ३ जना जटिल रोगका महिलाहरुलाई वडा कार्यालयले उपचारको लागि हदै सम्म सहयोग र समन्वय गर्ने जनाएको छ । सम्बन्धित संघ संस्था र हस्पिटल सँग समन्वय गरी उनिहरुको उपचार गरिने वडाअध्यक्ष मान वहादुर राईले जनाए । सिविरमा देखा परेका जटिल रोगका महिलाहरुका लागि वडाले सक्दो सहयोग र समन्वय गर्नेछ, अध्यक्षे राईले भने’“ उनिहरुलाई तत्कालै उपचारको लागि एक खालको पहल कदमी अगाडी बढाईने अध्यक्ष राईले जनाए । उक्त सिविरमा अन्य ८१ जनाले भने औषधी लिएर फर्किएका थिए ।