
पूर्णपुष्टि, जेष्ठ १८
त्रियुगा नगरपालिकाका सबै जनप्रतिनिधिहरुले सपथ लिएको छ । बुधबार नवनिर्वाचित मेयर बसन्त वस्नेत सहितका वडाअध्यक्ष तथा सदस्यहरु सबैले सपथ लिएको हो । मेयर वस्नेतले बोक्से स्थित कर्मचारी मिलन केन्द्रमा सपथ लिए भने उममेयर महेश्वरी राई लगायत वडाअध्यक्ष सदस्यहरुले त्रिउमावीको प्रांगनमा सपथ लिए । वस्नेतलाई उदयपुर जिल्ला अदालतका मुख्य न्यायधिशले सपथ खुवाए भने उपमेयर वडाअध्यक्षहरुलाई भने मेयर वस्नेतले सपथ खुवाए ।
सपथ सँगै जनप्रतिनिधिहरु सबैलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पत्र समेत वितरण गरेको छ । त्रियुगा नगरपालिकामा १६ ओटा वडाहरु रहेको छ । सोही वडाका सम्पूर्ण अध्यक्षहरुले सपथ लिए । उपमेयर राई सँगै १६ नं वडाका अध्यक्ष तथा सदस्यहरु गरी ८१ जना जनप्रतिनिधिहरुलाई मेयर वस्नेतले सपथ खुवाए ।


