
पूर्णपुष्टि, बैशाख १३
३१ बर्षिय ज्ञोनेन्द्र मगर सम्भवत जिल्लाकै कान्छो वडाअध्यक्षको उम्मेदवार पनि बन्न सक्छ । त्रियुगा नगरपालिका १० बोक्सेका मगरले सोही वडामा वडाअध्यक्षको लागि सोमबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिसकेको छ । मगरले नेकपा माओवादी र नेकपा एसको तर्फबाट संयुक्त वडाअध्यक्षको उम्मेदवारी दिएका हुन् । उनि माओवादी केन्द्रका क्रियाशिल युवा नेता रहेका छन् भने वाईसियल उदयपुरका जिल्ला संयोजक समेत हुन् ।
मगरको दाजोँमा सोही वडामा बुढ्यौली नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले बाट किरण पाण्डे, नेपाली कांग्रेस बाट प्रकाश कुमार खड्का र राप्रपा बाट शेरजंग बस्नेतले समेत उक्त वडामा वडाअध्यक्षका लागि मनोनयन दर्ता गराएको हो । प्रकाश कुमार खड्का पूर्व वडाअध्यक्ष तथा कांग्रेसका त्रियुगा नगर सभापति समेत हुन् भने पाण्डे नेकपा एमाले १० नं वडाको पार्टी अध्यक्ष हुन् ।

मगरले पुराना तथा अनुभावी नेताहरु सँग आफ्नो कडा प्रतिस्पर्धा हुने भएपनि युवा नेतृत्वका कारण आफ्नो उम्मेदवारी फलदायी हुने जनाए । उनले आफु सामाजिक क्षेत्रमा पनि निकै अब्बल रहेका हुनाले हालको आवश्यकनै युवा नेतृत्वका महत्व रहेको पुष्टि गरे । आफुहरुलाई वडा नं १० का युवा तथा अविभावक सम्पूर्णले मायागरी नेतृत्वको मौका दिएर विकासको खोला बगाउने कुरामा कुनै दुईमत नरहेको समेत मगरले बताए ।
मगर त्रियुगा नगरपालिका भरि मात्रै नभई जिल्लाकै कान्छो उम्मेदवार समेत हुन सक्ने उनको दावी छ । तर अन्य पालिकाहरुमा कसकसले नेतृत्वमा भाग लिएको छ त्यो मलाई थाहा छैन, सम्भवत जिल्लाकै कान्छो उम्मेदवारको रुपमा आफुनै हो भन्ने लाग्छ मगरले भने,” मगरलाई त्रियुगा नगरभरी रहेको १६ ओटा वडाहरु मध्ये स्वतन्त्र, गठबन्धन, एमाले, कांग्रेस र राप्रपा लगायतका सबै पार्टी भित्रै कान्छो उम्मेदवारको रुपमा पाईएको छ ।
१० नं वडाअध्यक्षका लागि मगरको नेतृत्वमा गठबन्धनको तर्फबाट खुल्ला वडा सदस्यमा नविन राई, यादव पोखरेल र खुल्ला महिला सदस्यमा देवीका राई र दलित महिला सदस्यमा सारदा बिकले मनोनयन दर्ता गराएको छ ।
