
पूर्णपुष्टि, जेठ १२ गते ।
उदयपुरको त्रियुगाको वडा नं. ३,४,५ र १३ को मतगणना जारी रहेको छ । वडा नंं. ३ मा २ हजार मत गणना गरिदा नेपाली काँग्रेसका उम्मेदवार तिलकबहादुर कटुवाल ६७१ मतका साथ अगाडी रहेको छ । कटुवाललाई नेकपा एमालेका उम्मेदवार धर्मबहादुर तामाङले ४८३ मत ल्याएर पछ्याइरहेको छ ।
वडा नं. ४ मा ९ सय मत गणना हुँदा काँग्रेसका उम्मेदवार अगाडी रहेको छ । काँग्रेसका वडाध्यक्ष उम्मेदवार बद्री बस्नेत ३०८ मतका साथ अग्रस्थानमा रहेको छ । बस्नेतलाई गठबन्धनका उम्मेदवार सुवराज तामाङले २५८ मत ल्याएर पछ्याइरहेको छ । त्यस्तै ५ नं. वडाको ३०० मत गणना गरिदा काँग्रेसकै उम्मेदवारको लिड रहेको छ । १४४ मतका साथ काँग्रेसका उम्मेदवार उदवकुमार थापा अगाडी रहेको छ । थापालाई १०५ मतका साथ गठबन्धनका उम्मेदवार राधारमण गतिवडाले पछ्याइरहेको छ ।
यता १३ नं. वडामा एमालेको अग्रता देखिन्छ । ६०० मत गणना गर्दा एमालेका वडाध्यक्ष उम्मेदवार रामप्रसाद कटेल २६७ मत ल्याएर अगाडी रहेका छन् । कटेललाई काँगे्रसका उम्मेदवार नविनकुमार चौधरीले १८७ मत ल्याएर पछ्याइरहेको छ ।
त्यसैगरी, त्रियुगामा जम्मा १३११४ मत गणना गर्दा नगर प्रमुखमा काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेत ४२३५ मतका साथ अगाडी रहेको छ । बस्नेतलाई गठबन्धनका उम्मेदवार बलदेव चौधरीले ४००१ मत ल्याएर पछ्याइरहेको छ । गठबन्धन र काँग्रेस बीचमा २३४ मतको मतान्तर रहेको छ । यता उपप्रमुखमा पनि काँग्रेसकै उम्मेदवार सरिता राई अगाडी छिन् । राईले ३८४६ मत ल्याएर अग्रता कायम गरेकी छिन् । राईलाई एमालेकी उम्मेदवार महेश्वरी राईले ३४८६ मत ल्याएर पछ्याइरहेकी छिन् । उनीहरु दुवैको मतमा ३६० को मतान्तर रहेको छ ।
