Friday, June 12News That Matters

त्रियुगाको १५ नं. वडामा गठबन्धनको सुरुवाती अग्रता

पूर्णपुष्टि, जेठ ११ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–१५ मा पनि मतगणना जारी छ । १५ नम्बर वडामा २ सय मत गणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार गणेश प्रसाद तिम्सीना अगाडी रहेका छन् । मिम्सीनाले ९८ मतका साथ वडा नं. १५ मा लिड गरिरहेको छ । तिम्सीनालाई नेपाली काँग्रेसका उम्मेदवार निरबहादुर आले मगरले ७७ मतका साथ पछ्याइरहेका छन् । यता नेकपा एमालेका उम्मेदवार गिरिराज बस्नेतले १३ मत प्राप्त गरेको छ । १५ नम्बर वडाका सदस्यहरुमा गठबन्धको प्यानलैले अग्रता लिएको छ ।
त्यस्तै, त्रियुगाको प्रमुख र उपप्रमुख दुवैमा गठबन्धन अगाडी देखिन्छ । नेकपा एसका बलदेव चौधरी प्रमुखमा तथा गिता खड्का (कार्की) उपप्रमुखमा अगाडी रहेका छन् ।