
पूर्णपुष्टि, जेठ १५ गते ।
त्रियुगाको वडा नं. ६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट वडाध्यक्ष उम्मेदवार रहेका योगेन्द्रवहादुर दाहल १ हजार २ सय ९७ मत ल्याएर विजयी भएका हुन् । दाहलको निकटतम प्रतिस्पर्धी हरेका गठबन्धनबाट नेकपा एसका उम्मेदवार राकेश कुमार चौधरीलाईलाई पराजित गरेर विजयी भएको हो । चौधरीले ८ सय २ मत प्राप्त गरेका छन् ।
यता, महिला सदस्यमा एमालेकी उम्मेदवार गीताकुमारी उप्रतीको १ हजार १ सय ७२, दलित महिला सदस्यमा पवित्रा विश्वकर्माले १ हजार १ सय ८२ मत ल्याएर विजयी भएका छन् । खुल्ला सदस्यमा पनि एमालेकै सुर्यबहादुर राईले १ हजार १ सय ४९ मत ल्याएर विजयी भएका छन्, भने गठबन्धनबाट प्रबेश खड्का विजयी भएका हुन् ।
