
पूर्णपुष्टि, जेठ ११ गते ।
उदयपुरको त्रियुगामा मतगणना निरन्तर चलिरहेको छ । वडा नं. १, २, १६ र १५ को मतगणनाको परिणाम अनुसार प्रमुख पदमा नेपाले काँग्रेसले अग्रता लिरहेको छ । काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले १ हजार ८ सय ६ मत ल्याएर अग्रता कायम गरेको छ । बस्नेतलाई गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार बलदेव चौधरीले १ हजार ६ सय ३६ मतका साथ पछ्याइरहेको छ । यता नेकपा एमालेका उम्मेदवार भागवत राउतले १ हजार ८२ मत प्राप्त गरेको छ ।
उपप्रमुखमा पनि काँग्रेसका उम्मेदवार सरिता राई नै अगाडी छिन् । राईले १ हजार ६ सय १० मत ल्याएर अग्रता कायम गरेको छ । राईलाई नेकपा एमालेकी उम्मेदवार महेश्वरी राईले ३ सय ३१ मतान्तरले पछ्याइरहेकी छिन् । गठबन्धनको माओवादीकी उम्मेदवार गिता खड्का (कार्की) ले १ हजार १ सय ८५ मत ल्याउन सफल भएकी छिन् ।

