
पूर्णपुष्टि, जेष्ठ १२
त्रियुगा नगरपालिकामा कांग्रेसले निरन्तर अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले ३८३१ मत ल्याएर अग्रता कायम गरेका छन् भने एकीकृत समाजवादीका उम्मेदवार वलदेभ चौधरीले ३७८३ मत ल्याउँदै पछ्याउँदै छ । यता एमालेका उम्मेदवार भागवत राउतले भने २८३० मत ल्याएर तेस्रो स्थानमा रहेको छ । यस्तै उपमेयरमा पनि कांग्रेसकै अग्रता रहेको छ ।
कांग्रेसका उपमेयर सरिता राईले ३४८६ मत प्राप्त गरेकी छिन् । यता एमालेकी महेश्वरी राईले ३१२५ मत ल्याएर पछ्याईरहेकी छिन् भने माओवादीकी गित खड्काले ३०७९ मत ल्याई तेस्रो स्थानमा छिन् । हाल १२ हजार १५ मत गणना भएको छ । गन्न बाँकी २८ हजार १६४ मत रहेको छ । हाल ५ ओटा वडाका मत गनिसकेको अवस्था छ । १६, १४, १५, १ र २ गरी ५ ओटाको गणना भैसकेको अवस्था छ । यस मध्ये ३ वडामा माओवादी र १÷१ मा कांग्रेस र एमाललेले जितेको छ ।
