
पूर्णपुष्टि, जेठ ११ ।
त्रियुगा नगरपालिकाको १६ मध्ये १ वडाको मतगणना सकिएको छ । १६ नं. वडाको मतगणना सकिएको हो । हाल वडा नं. १, २ र १५ को गणना चलिरहेको छ । वडा नं. १ को गणना अन्तिम चरणमा पुगेको जनाइएको छ ।
गणना सकिएको १६ नं. वडामा गठबन्धनले प्यानल नै जितेको छ । वडाध्यक्षमा मानबहादुर राईले कार्यकाल दोहोर्याउनु भएको छ ।
वडा नं. १६ को १४७६ मत, वडा नं. १५ को २०० मत, वडा नं. १ को १८०० मत र वडा नं. २ को १८०० मत गरी कुल ५२७६ मत गणना हुँदा काङ्ग्रेसको अग्रता रहेको छ । काङ्ग्रेसको प्रमुखको उम्मेदवार बसन्त बस्नेतको पहिलो मत १८०६ रहेका छ । दोस्रो मत गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी) का बलदेव चौधरीको १६३६ मत रहेको छ भने नेकपा एमालेको तेस्रो मत १०८२ रहेको छ । उपप्रमुखमा काङ्ग्रेसकी सरिता राईको पहिलो मत १६१० रहेको छ । दोस्रो मत नेकपा एमालेकी महेश्वरी राईको १२७९ रहेको छ भने तेस्रो मत गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्कीको ११८५ मत रहेको छ ।
