
पूर्णपुष्टि, बैशाख १९
स्थानीय चुनाव नजिकिए सँगै त्रियुगाामा गठबन्धनका उम्मेदवारहरु प्रचार प्रसारमा व्यापक लागि परेको छ । नगरपालिकाको १६ ओटै वडाहरुमा गबन्धनका उम्मेदवार तथा कार्यकर्ताहरु जुटिरहेको छ । उम्मेदवारहरुले यो वेला जनताको घरदैलोमा गएर उनिहरुको अमुल्य मत मागिरहेको छ । गठबन्धनबाट त्रियुगाको मेयरमा बलदेव चौधरी र उपमेयरमा गिता कुमारी खड्का उठेकी छिन्् । चौधरी त्रियुगाको पूर्व मेयर समेत हुन भने खड्का माओवादीबाट उपमेयरमै पराजित भएकी थिईन् ।

प्रसारको क्रममा उनिहरुले त्रियुगालाई समृद्ध बनाउने एजेण्डाहरु जनता समक्ष पेस गरेको छ । चुनाव प्रचार सँगै आमभेलकाको क्रममा बलदेव चौधरीले एमालेलाई टिप्पणी समेत गरेको छ । उनले जनताको लागि राजनिती गर्न पनि सुझाएको छ । एमाले पार्टी खाली ठग र बेमानीमा तल्लीन रहेको भन्दै सकरात्मक राजनिति गर्ने हो भने आफुहरुले सम्मान गर्न सँधै तयार रहेको पनि जनाए । चौधरीले चुनावको नजिक एमालेले फटाहा प्रवित्ति सुरु गरेको समेत आरोप लगाएको छ ।

उनले वलदेव चौधरीलाई हराउन जनतालाई बिभिन्न भ्रमहरु छर्न थालेको कुरा आफुले पत्ता लगाएको जनताहरुलाई बताए । जनताहरुको घरमा गएर राम्रो व्यक्तिलाई खराब बनाएर सुर्य चिन्हमा मत हाल्न आग्रह गर्ने यो काम उचित नभएको जनाए । जनाताहरुलाई बलदेव चौधरी जिताउन सुर्यमा भोट हाल्न लगाउने एमाले राजनितिको फटाहा पार्टी रहेको समेत बताए ।

चौधरीले कुनै पनि जनताहरुलाई भ्रम रहित मत हाल्न सुझाएको छ । एमाले फटाहा र विकृतिको पार्टीका कारण आफुहरुले त्यस पार्टी छाडेर फाल्टै पार्टी निर्माण गरी चुनावी माहोलमा होमिएको पनि जनताहरुलाई जनाए । जनताको हकहितकै लागी आफुहरुले एमालेको सुर्य चिन्ह छाडी जनताको चिन्ह कलम रोजेर आफुहरु चुनावमा प्रवेश गरेको समेत जनताहरु सामु भनेका छन् । एमालेको खराव व्यक्तिहरुको कुरालाई आधार नमानी सर्यमा भोट नहाल्न र कलममा मात्र मतदान गर्न जनताहरुलाई सुझाएको छ । गठबन्धन सँगै त्रियुगा लगायत पालिकाहरुमा एमाले, कांग्रेस र अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारीहरु पनि प्रचारमा लगाी परेको छ ।
