Monday, June 1News That Matters

त्रियुगामा प्रमुख पदको लागि आज २ जनाको स्वतन्त्र उम्मेवारी

पूर्णपुष्टि, वैशाख ११ गते ।
त्रियुगा नगरपालिकामा मेयर पदको लागि आज दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्रियुगा–१० का ३० वर्षीय चित्र कुमार कार्की र ४९ वर्षीय नारायण कुमार खड्काले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । आज निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर दुवैले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ११ र १२ गतेसम्म उम्मेदवारी दर्ता गर्ने समय भएकोले भोली बाटै उम्मेदवार मनोनयन गर्न सक्ने जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।