Friday, June 12News That Matters

त्रियुगामा माओवादी केन्द्रले खाता खोल्यो

पूर्णपुष्टि, जेठ ११ ।
त्रियुगा नगरपालिकामा एकवडामा नेकपा (माओवादी केन्द्र) ले जितेको छ । गठबन्धनको तर्फबाट त्रिनपा –१६ को वडाध्यक्षसहित प्यानल नै माओवादी केन्द्रले जितेको हो ।
१४७६ खसेको मत मध्ये ९३२ मत प्राप्त गरी वडाध्यक्षमा माओवादी केन्द्रका मानबहादुर राईले विजयी हाँसिल गरेका हुन् । यो विजयसंगै उनले दोस्रो कार्यकाल पाएका छन् । प्रतिद्वन्द्वि भन्दा फराकिलो अन्तरमा वडाध्यक्ष मात्र नभई सबै पद प्यानलै विजयी भएको छ ।
वडाको दुल्ला सदस्यमा घमानसिंह राई र रामनारायण श्रेष्ठ विजयी बनेका छन् । त्यस्तै महिला सदस्यमा गोमा कार्की र दलित महिला सदस्यमा कुन्ति परियार निर्वाचित भएका छन् । अधिकांश निर्वाचित जनप्रतिनिधलाई जनताले दोस्रो कार्यकालका लागि दोहोर्याएका छन् ।
वडाध्यक्षमा दोस्रो मत नेपाली काङ्ग्रेसको रामबहादुर मगरको ३३१ र एमालेका विष्णु बहादुर मगरको १३६ मत प्राप्त भएको छ ।
सो वडाबाट गठबन्धनका प्रमुख र उपप्रमुखलाई पहिलो मत प्राप्त भएको छ । गठबन्धनका प्रमुख पदमा बलदेव चौधरीलाई ७४४, उपप्रमुखमा गिता खड्का कार्कीलाई ८१८ मत प्राप्त भएको छ । काङ्ग्रेसका प्रमुख र उपप्रमुखलाई दोस्रो मत प्राप्त भएको छ । कांग्रेसका बसन्त बस्नेतलाई ३३४ उपप्रमुख सरिता राईलाई ३२० मत प्राप्त भएको छ भने एमालेको प्रमुख पदका भागवत राउतलाई २११ र उपप्रमुख पदकी महेश्वरी राईलाई २३७ मत प्राप्त भएको छ ।