Friday, June 12News That Matters

त्रियुगामा ४३७५ मत गणनामा ५० मतले काङ्ग्रेस अग्रता

पूर्णपुष्टि, जेठ ११ ।
त्रियुगामा ४३७५ मत गणनामा ५० मतले काङ्ग्रेसको अग्रता छ । काङ्ग्रेसको बसन्त बस्नेत १४५० मतका साथ अग्रतामा छन् । गठबन्धनबाट नेकपा (एस) का बलदेव चौधरी १४०० मतमा छन् भने एमालेको भागवत राउतको ९०९ मत रहेको छ ।
उपपमुखमा काङ्ग्रेसकी सरिता राई १२९८ मतका साथ अग्रतामा छिन् । १०६३ मतका साथ एमालेकी महेश्वरी राई दोस्रो र १०३२ मतका साथ गठबन्धनबाट माओवादी केन्द्रकी गिता खड्का कार्कीको तेस्रो स्थानमा रहेकी छिन् ।
यसबीचमा १६ नं. वडाको मतगणना सकिएको छ । १४७६ मत गणनामा गठबन्धनले वडामा प्यानलै विजय हाँसिल गरेको छ । वडा नं. १ को १३००, वडा नं. २ को १४९९ मत गणना भइसकेको छ ।