
पूर्णपुष्टि, वैशाख १३ ।
त्रियुगा नगरपालिका १६ नं वडाले आदिवासी जनजाति र दलित परिवारहरुलाई जस्तापाता वितरण गरेको छ । त्रियुगा नगरपालिकाको आर्थिक बर्ष २०७९र०८० नगरसभावाट स्वीकृत वडागत बजेटबाट कार्यक्रम मार्फत जस्तापाता वितरण गरिएको हो । वडाअध्यक्ष मान वहादुर राईका अनुसार वडाका ३ दलित परिवार र ३ आदिवासी जनजाति परिवारलाई जस्ता वितरण गरिएको जनाए । धरापेका उपेन्द्र राई र प्रकाश कुमार राई, सिदालीका पवित्रा समाल मगर, कुसुमटारका मान वहादुर कामी, भोर्लेका लक्ष्मी परियार र शाहिखोलाको मेघ माया विकालाई जस्तापाता वितरण गरिएको हो । जस्तापाता वडाका दलित र आदिवासी जनजातिहरुलाई छनोट गरि वितरण गरिएको अध्यक्ष राईले जनाए ।
वडा सचिव महेश खनालका अनुसार आदिवासी जनजाति लक्षित बजेट अन्तर्गत एक लाख र दलित लक्षित कार्यक्रम अन्तर्गत एक लाख गरी जम्मा २ लाख बजेटबाट जस्तापाता उपलब्ध गरिएको बताए । खनालाका अनुसार प्रति घरलाई तिन बण्डलको दरले रंगिन जस्तापाता वितरण गरिको हो । त्रिनपा १६ वडा कार्यालयले फुसको छाना विस्थापित कार्यक्रमलाई लक्षित गरी सुरक्षित नागरिक आवास सहयोगका लागि यस्ता कार्यक्रम गत विगत देखीनै संञ्चालन गर्दै आएको छ । वडाअध्यक्ष राईका अनुसार आगामि दुई बर्ष भित्र वडा भित्रका फुसको छाना विस्थापित गरी नागरिकका सबै घरहरुमा जस्तापाता सहयोग गरी कार्यक्रम सफल बनाउने लक्ष वडाले लिएको जनाएको छ । यसै आ.व भित्र वडाले वडागत बजेटबाट बजेट रकम बिनियोजन गरी केहि दिन भित्रमा थप फुसको लक्षित घरहरुलाई जस्तापता वितरण गर्ने समेत जनए ।
