Monday, April 20News That Matters

त्रिवेणी मावि कटारीको अध्यक्षमा मिनराज दाहाल सर्वसम्मत चयन

पूर्णपुष्टि,चैत्र १२ । उदयपुरको कटारी नगरपालिका–४,मा अवस्थित त्रिवेणी मावि कटारीको व्यवस्थापन समितिका अध्यक्षमा मनिराज दाहाल सर्वसम्मत चयन भएको छ । शनिवार विद्यालयको आम अभिभावक भेलाले दाहाललाई व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो ।

अभिभावक भेलाबाट समितिको सदस्यहरुमा मिरा श्रेष्ठ, योगमाया थापा,दिपाश्री राई,गोपाल विक्रम बिष्ट चयन भएका छन् । त्यसैगरी भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा मोहन कोईरालालाई चयन गरेको छ । यता संघको सदस्यमा भने आशिस कार्की,रमेश पौडेल,नखद्वज कट्वाल,गंगा कुमारी रोका,इन्दिरा निरौला दाहाल र इन्दिरा भुजेल चयन भएका छन् । त्यसैगरी सल्लाहाकार समितिको संयोजकमा रामबाबु खड्का चयन हुनुभएको छ ।

अध्यक्ष चयन भएसँगै दाहालले यस विद्यालयको शैक्षिक गुणस्तर बढाउन, भौतिक पुर्वाधार निर्माण गर्न र व्यवस्थापकिय कार्यलाई चुस्त दुरुस्त पार्न अनुशासन पुर्वक सुशासनको प्रत्याभूत गराउने बताउँनुभयो । स्थानीय अभिभावक साथै विद्यार्थीहरुको बिश्वास र भरोसालाइ सधैव सिरमा राखेर सवैको व्यवस्थापनको पाटेमा आफु सधै रहने उहाँले बताउनुभयो ।