Friday, May 22News That Matters

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ १० गते । 

आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा  संक्रमित पुष्टि भएकको हो ।

संक्रमितहरुमा कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष र २७ वर्षकी महिला, सर्लाहीको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै  बारको करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिला, काठमाण्डौका ३५ वर्षीय पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षका पुरुष र चितवनको भरपुर–६ का ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ भने ७० जना उपचारपछि निको भएका छन् अहिलेसम्म कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ  ।