
पूर्णपुष्टि, असार १९ । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिकाका दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिकाका पवन काफ्ले, कावासोती नगरपालिकाका संघर्ष ढकाल, काठमाडौं कलंकीका नवीन पौडेल, पोखरा महानगरपालिकाका समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिकाका छिरिङ निमा लामा रहेका छन्।
