
पूर्णपुष्टि, साउन १२ । दमौटी फुटबल क्लब दोस्रो सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बोक्से स्थित गंगा खेल मैदानमा भएको पहिलो क्वाटरफाईनल खेलमा बगाहा फुटबल क्लबलाई ३ गोलको बिरुद्ध ६ गोल गर्दै दमौटी फुटबल क्लबले सेमिफाईनलमा स्थान पक्का गरेको हो ।
दमौटी फुटबल क्लबका लागी रबि शंकर चौधरीले ह्याट्रिक गरे भने अशिम राईले २ र बिशाल भण्डारीले १ गोल गरे । त्यस्तै बगाहाको लागी रबिन सिंहले २ गोल गरे भने दिपलभ कटुवालले १ गोल गरे । यस खेलको म्यान अफ द म्याच दमौटी फुटबल क्लबका रवि शंकर चौधरी बने । उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे ।
दोस्रो क्वाटरफाईनल खेल आयोजक ब्रोदर्श फुटबल क्लब र डेडी फुटसल बिच भोली दिउँसो ४ बजे हुनेछ । यस प्रतियोगिताको विजेता टिमले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
