Wednesday, June 17News That Matters

दरबारमार्गका व्यवसायीहरु पसल बन्द गरेर उत्रिए प्रदर्शनमा

पूर्णपुष्टि,फागुन १५ । काठमाडौँको दरबारमार्गमा पार्किङ हटाएको विरोधमा स्थानीय व्यवसायीहरुले विरोध प्रदर्शन गरेको छ । सोमबार अपराह्न पसल बन्द गरेर एक तर्फी पार्किङ हटाएपछि व्यवसायीहरु प्रदर्शनमा उत्रिएको हो ।

काठमाडौं महानगरपालिकाले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी गत पुसदेखि दरबारमार्गबाट पार्किङ हटाएको थियो । दरबारमार्ग विकास बोर्डले दरबारमार्ग क्षेत्रमा एक लाइन सवारी पार्किङ गर्न दिनुपर्ने माग राखेका छन् । दरबारमार्गको सडकमा एकतर्फी पार्किङ गर्न दिइएकोमा अहिले हटाइएको भन्दै विरोधमा व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरूले आज एक घन्टा पसल बन्द गरेर आन्दोलन गरेका थिए । सवारी पार्किङ पूर्ण रूपमा बन्द गर्दा दरबारमार्गमा व्यापार व्यवसायमा प्रभावित गरेको भन्दै व्यवसायीहरूले पटक-पटक आन्दोलन गरिरहेका छन् ।

पार्किङ नभएपछि व्यवसायीहरुले सटरभाडा समेत उठाउन नसकेको भन्दै उक्त कदमको विरोध गर्दै आएका छन् । व्यवसायीरुले महानगरसँग वार्ता गर्ने भनेता पनि महानगरले बेवास्ता गरेको भन्दै आन्दोलमा उत्रेका हुन् ।