
गाईघाट/माघ, १५
नेपालमा दलित नभई नेपालीहरु मात्रै रहेको एक कार्यक्रमा बताइएको छ । बुधबार नेपाल दलित महिला संघ उदयपुरले गाईघाटमा आयोजना गरेको दलित महिलाहरुको मानव अधिकार सुदृढीकरणको परिचयात्मक कार्यक्रमा यस्तो बताइएको हो । जनप्रतिनिधि, दलित महिला, मानव अधिकारकर्मि, दलित महिला वडा सदस्यलगाएत सँगको कार्यक्रममा जनप्रतिनिधिहरुले बोल्दै यस्तो बताएको हो ।
मान्छे सबै एउटै हुन् दलित कुनै परको मान्छे नभई यहि धर्तिमा अरु साधारण मानव जस्तै उत्पति भएको मानव हो मात्रै हाम्रो मानसिकतामा दलित बसेको छ । दलित तथा गैर दलित सबैले दलित शब्द सोँच मानसिकता बाट तत्काल हटाए जातिय भेदभावको अन्त्य हुने कार्यक्रममा छलफल भएको छ ।
नेपालमा महिला हिंसामा पनि दलितहरु झनै हिंसामा पर्ने गरेको कार्यक्रममा बताइएको छ । यस प्रबृद्धिलाई कसरी नियाल्ने यसको कानुन कार्वाही दलित महिलाहरुलाई स्वतन्त्र जिवनको लागि मानव अधिकार सुदृढीकरणको प्रयास र यस बारेमा सम्बन्धीत सबै क्षेत्रहरुले बुझ्नु पर्ने कुरा कार्यक्रममा उठाइएको छ ।
कार्यक्रममाका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले नेपालमा जातिय बिभेदको सुरुवात थर बाट सुरु भएको बताउनु भएको छ । यहाँ धरै नेपालीहरु मध्य, परियार, विक, नेपाली, सार्की लगाएतका मानवहरु छन् । उनिहिरुले आफ्नो थर बताउने बित्तिकै जातिय विभेत तर्फ समाज रुपान्तरण भएको बताउनुभयो । उनिहरुले बनाको सामान लाउन देखी प्रयोग सबै गर्न मिल्ने रगत बिहिन अन्य जातको मानवलाई बचाउन बाँच्न पनि मिल्ने तर जातमा चै अपहेलीत हुनु पर्ने यो मानव जातको भ्रस्ट बुद्धि रहेको बताउनुभयो ।
परियारले जातिय विभेदले हाम्रो सिंगो राज्यको बेइजत भएको बताउनु भयो । संसारभरी रहेको मानव जातको कए जात त्यो हो मानव जात जसमा अरु कुनै जात छैन् सम्पूर्ण मानव जाति एउटै समुदायको हो भन्ने कुरा नेपाली समाजमा पनि हेक्का हुनु पर्ने उहाँले बताउनुभयो । यो सब हामिले बुझ्न नसकेको र बुझाउनु नसकेको नेपाली समाजको प्रतिफल रहेको उहाँले बुझाई छ ।
बेलका नगरपालिकाको मयेर दुर्गा कुमार थापा (स्वस्तीक) ले बिभेद्को मुख्य पाटो आर्थिकलाई जोड्नु भएको छ । यहाँ धनी र गरिबको कारण बिभेदले गति लिएको बताउनुभयो । बिकसित नेपाली समाज बनाउन पहिलो आर्थिक क्षेत्रको विकास हुनु पर्ने उहाँले बताउनुभयो ।
नेपालमा सबैभन्दा पहिले जनताहरुले विकासको उपभोग गर्नु पाउनु पर्ने बताउँदै सबै एउटै मुल्य र मान्यतामा समाज रुपान्तरण हुने हो भने यस्तो विभेदहरु कम हुने उहाँको बुझाई छ ।
त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरीले महिला हिंसाको मुख्य पात्र महिलाहरु आफै रहेको बताउनु भयो । उहाँले एक महिलाको लागि नबोल्ने सयौँ महिलाको कारण आफैले यस्तो बिभेद भोग्नु सहनु परेको बताउनुभयो । यहाँ पुरुषबादी समाजको दवावले सयौँ महिलाहरु मुख बन्द गरेर आफैलाई अपहेलीत गरिरहेको बताउनुभयो । उहाँले एक महिलाको पिडामा खेल्न सक्ने त्यस्ता तत्वहरुको सामु सयौँ महिलाको आवाज उठेमा यसको समधान हुने बताउनुभयो । उहाँले यहाँ कुनै दलित नभै समाजको लिडरहरु मात्रै रहेको बताउनुभयो केवल मानिसिकतामा रहेको यो दलित शब्द र व्यवहार हटाउने बित्तिकै कुनै यस्तो विभेद नहुने उहाँले बताउनुभयो ।
नेपालमा उसै पनि महिलाहरु लैङगीक विभेद्मा त छनै त्यसमा पनि दलित महिलाहरु थप जातिय विभेद सहित धेरै नै हिंसा र अपमानमा परेको दलित महिला संघकी केन्द्रिय महासचिव रेनु सिजापतीले बताउनु भयो । यसमा मानव अधिकारका विषयहरुले कसरी सुदृढीकरण गर्ने भन्ने कुरामा पहल गर्दै बिभेदको अन्त्य तथा दलित महिलाहरुलाई स्वतन्त्र अधिकारको साथ बाँच्न पाउनु पर्ने अधिकारहरु हुनु पर्ने बताउनु भयो ।
