
उदयपुर/असोज, २०
दशैँमा बत्ति बलेपछि उदयपुरगढी गाउँपालिका वडा नं ७ का वडावासीहरु खुसि भएका छन् । बत्ति बलेर उत्साहित बनेका वाडवासीहरुले विकास र जनप्रतिनिधिहरुको महसुस भएको बताए । शनिबार १ नं प्रदेश साम्सद नारायण बुर्जामगरले बत्ति बालेर बत्तिको उद्घाटन गरेको गर्यो ।
१३ बर्ष अगाडी नै बत्ति बाल्ने प्रयासमा रहेको भएपनि बिभिन्न कारण बत्ति बाल्न नसकेको स्थानीयहरुले बताए । १ नं प्रदेशका साम्सद नारायण बुर्जा मगरको पहलमा १ करोड २० लाखको योजना परेपछि मैनाटार कोल्टे विद्युत विस्तार समितिले काम सुरु गरेको थियो ।
आकाश गंगा सामुदियिक बन उपोभोक्ता समितिले तार र राष्ट्रिय बिद्युत प्रधिकरण प्रशारणले पोलको व्यवस्था गरेपछि बाँकी सामानहरु सबै स्थानीयहरु कै लगानीमा बत्ति बाल्न सफल भएको समितिको सचिव मेघ बहादुर कार्कीले बताए ।स्थानीयहरुले यो बर्षदेखिको चाँडबाड झिलिमिलि हुने बताए । साथै बत्तिबाट बिभिन्न प्राविधिकरण तथा सुचना संञ्चारहरुको समेत सुविधा भएको भन्दै । बत्ति बलेपछि त्याहाँका जनताहरुले अनौठो विकासको कल्पना गरेको छ । बर्षौँ बर्षदेखि अध्याँरोमा बस्न बाध्य रहेका जनताहरु यो दशैँ देखी बत्ति बाल्न सफल भएको हो ।
बत्तिको उद्घाटन सँगै साम्सद मगरले विकासलाई धैर्य गर्न सक्नु पर्ने कुरा बताएको छ । १३ बर्ष अगाडी देखि बत्ति बाल्ने पहल भएपनि अहिले यसले सफलता पाएको कुरा बताए । उनले बिकासको गति एकैचोटी नभई क्रमस रुपमा विस्तार हुने बताए । सडक, बत्ति, खानेपानी लगाएत सबैको विकास क्रमस हुदै जाने बताए ।
मगरले बत्ति उद्घाटन सँगै ७ नं वडाका बिभिन्न गाउँमा जनताहरु सँग भेटघाट तथा दशैँ, तिहार, र छैठको शुभकामना आदान प्रदान गरेको छ । मगरले जनताहरु सँग प्रत्यक्ष अन्र्तक्रिया गर्दै त्याँहाको आवश्यकताको बारेमा बुझेको छ । बत्ति बलेपछि उत्साहित जनताहरुले अन्य आबश्यकताहरुलाई पनि चाँडै पुरा गरिदिन साम्सदलाई अनुरोध गरेको छ ।
जनताहरु बाट उठेको प्रश्नलाई संबोधन गर्दै क्रमश रुपमा पुरा गर्दै जाने जाने र त्यस ठाउँको विकासको निम्ति आफु हरपल लागि पर्ने बताए ।
नेपाल पत्रकार माहासंघको पूर्व अध्यक्ष तथा नागरिक दैनिक उदयपुर सम्वादाता महेश्वर चाम्लिङले बिकास भनेको जनताहरु बाटै हुने बताए । जनप्रतिनिधिले विकासको लागि सहजीकरण मात्रै गर्ने उनले बताए । जनताहरुबाट विकासको सकरात्मक सोँचहरु भएमा गाउँठाउँको चाँडै विकास हुनेमा उनले जोड गरे ।
