Saturday, June 6News That Matters

दाङका १ वडाध्यक्षको निधन

पूर्णपुष्टि, असोज २३

दाङका एक वडाध्यक्षको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लाउने क्रममा बिहान साढे १० बजे बाटोमै उनको मृत्यु भएको उपमहानगरपालिकाले जनाएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित ६५ वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो ।