Thursday, June 18News That Matters

दाङमा अज्ञात व्यक्तिद्धारा वृद्धामाथि कुटपिट गरी लुटपाट

पूर्णपुष्टि, जेठ ११ । दाङको घोरही उपमहानगरपालिका १३ सेवार बासबोटस्थितमा बुधबार एक अज्ञात व्यक्तिद्धारा वृद्धलाई कुटपिट गरी लुटपाट गरिएको छ । घरमै आएर ६२ वर्षिया राखीमाया रोकालाई अज्ञात व्यक्तिले घरेलु हतियार चुलेसीले टाउँको तथा ‍शरीरका विभिन्न भागमा प्रहार गर्दा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दिउँसो करिब ४ बजे अन्धाजी २५–३० वर्षको व्यक्तिले वृद्धमाथि कुटपिट गरी ढाई तोलाको सुनको सिक्री र मोबाइल फोनसमेत लुटपाट गरी फरार भएको दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते रोकाको भैरहवामा उपचार भइरहेको छ ।

माइली छोरीसँग बस्दै आएकी रोका दिउँसो घरमा एक्लै भएको मौका पारी अज्ञात व्यक्तिद्धारा कुटपिट तथा लुटपाट भएको प्रहरीको भनाई छ । घटनाको प्रकृति हेर्दा लुटपाट जस्तो देखियता पनि घटनाको अनुसन्धान भईरहेको एसपी वलीले बताए ।

रातिदेखी नै घटना स्थलमा खटेर अनुसन्धान गरिरहेको र कर्णाली प्रदेशबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको एसपी वलीले जनाए । अज्ञात व्यक्तिको खोजी भईरहेको र दोषी छट्टै पत्ता लाग्ने वलीले बताए ।