
पूर्णपुष्टि, असार १२
दाङमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै दाङमा संक्रमितको संख्या ४ सय ५५ पुगेको छ ।
राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा दाङका ७५ र प्युठानका २० जना गरी ९५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
राजपुरका १० जना, शान्तिनगरका ६ जना, तुलसीपुरका ११ जना र घोराहीका ३१ जना रहेका छन् । यस्तै लमहीका ३ जना, बङ्गलाचुलीका १० जनामा संक्रमण पुष्टि भएको छ ।
