Wednesday, June 3News That Matters

दाजुभाई समूह दोहा कतारको अयाोजनामा गाईघाटमा भव्य सांगितिक कार्यक्रम हुँदै

पूर्णपुष्टि, कार्तिक ३
तिहारलाई लक्षित गरी दाजुभाई समूह दोहाकतारले गाईघाटमा भव्य सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । गाईघाट स्थित पिपलचोकमा कार्तिक ६ गते भव्य सांगितिक कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम मनोरञ्जन सहित केहि सामाजिक सहयोग पुग्ने हिसावले गर्न लागिएको दादुभाई समूह नेपालका संयोजक सरोज श्रेष्ठले जनाउनुभयो । श्रेष्ठका अनुसार कुनै पनि सांगितिक कार्यक्रमहरु मनोरञ्जनहरुमा मात्र सिमिति हुदैँ आएको अवस्थामा दाजुभाई समूह दोहा कतारको यस सांगितिक कार्यक्रममा भने केहि उपलब्धि मुलक र बिषेश रहने जनाउनुभयो ।

सांगितिक कार्यक्रम सहित १५ जना अति बिपन्न परिवारलाई आर्थिक तथा आवश्यक सामाग्रि समेत प्रदान गरिने कार्यक्रम रहेको कार्यक्रमका संयोजक सन्दीप भट्टराईले जनाउनुभयो । भट्टराईका अनुसार कार्यक्रम स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलकारहरुका बिच हुने जनाउनुभयो । एस एस के ब्रोदर्सको प्रस्तुती त्रियुगा उद्योग बाणिज्य संघ तथा कलकार संघको समन्वय र दाजुभाइई समूह (दोहा कतार) को आयोजनामा भव्य कार्यक्रम हुने संयोजक भट्टराईले जनाउनुभयो । यस समूहले बिगत लामो समय देखी दिन, दुखी, गरिब, बिपद्मा परेका र असहाय पिडितहरुलाई आर्थिक तथा आवश्यकीय सामाग्रीहरु सहयोग गर्दै आएको छ । नेपाल बाट दोहा कतार पुगेर पसिना बगाएर कमाएको नेपाली युवाहरुको संयुक्त आर्थिक संकलनमा नेपालीहरुलाई सहयोग गर्दै आएको हो ।