Thursday, June 18News That Matters

दार्चुलामा हिमपहिरो खस्दा यार्सा टिप्न गएका ८ जना पुरिएको आशंका

पूर्णपुष्टि, बैशाख १९ । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिनमा हिमपहिरो खस्दा यार्सागुम्बा टिप्न हिडेका कम्तिमा ८ जना पुरिएको आशंका गरिएको छ । मंगलबार दिउँसो हिमपहिरो खस्दा स्थानिय ८,९ जना त्रिपालमा बसिरहेका अवस्थामा हिमपहिरोले पुरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार हिमपहिरोमा पुरिएकाको मानिसको खोजी गर्न सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गएको डिएसपी थापाले बताए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले नजिकैको चौकीबाट असईको कमान्डमा टोली खटिएको बताएका छन् । बेपत्रा भएका मानिसको पहिचान भने नखुलेको उनको भनाई छ ।