
पूर्णपुष्टि, बैशाख ८ । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पाचौँ सफलता पाएको छ । नेपालका लागी दिपेन्द्र शिहं अईरिले २१.२ ओभरमा पाचौँ विकेट लिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो । नेपालका लागी ललित राजवंशीले पहिलो विकेट दिलाएका थिए भने सन्दिप लामिछानेले देस्रो, तेस्रो र चौथो विकेट दिलाएका थिए । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् ।
