Wednesday, June 17News That Matters

दुर्गा प्रसाईलाई कारबाहीको सिफारिस

पूर्णपुष्टि,फागुन ६ । मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका नेता दुर्गा प्रसाईलाई कारबाहीको लागि प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ। पार्टी हित विपरित गतिविधि गरेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको हो ।

शनिबार बिहान बसेको प्रदेश कमिटिको पूर्ण बैठकले उनी एमाले ‘केन्द्रीय कमिटी सदस्य भएकाले हामीले यहाँबाट कारबाही गर्न मिलेन, त्यसैले केन्द्रमा सिफारिस गरेका स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिए।

प्रसाईले एमालेको नीति सिद्धान्त विपरीत केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनी विवादमा परेका हुन् ।