
पूर्णपुष्टि, चैत २२
भारतका विभिन्न जेलमा ४० वर्ष विताएका दुर्गाप्रसाद तिम्सिनाको नेपाल फर्किएपछि पहिलो पटक उपचार सुरु भएको छ ।
प्रदेश नम्बर १ सरकारले उपचारको जिम्मेवारी लिने निर्णय गरेपछि आइतबार विराट मेडिकल कलेजमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हो । अस्पतालका डा. पुरु कोइरालाले तिम्सिनाको प्रारम्भिक स्वास्थ्य जाँच गरेको उनका परिवारजनले जनाएको छ ।
उपचारका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले समन्वय गरिरहेका छन् । प्रदेश सरकारको समन्वयमा अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले तिम्सिनाको उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएका छन् ।
तिम्सिनाले जिल्ला प्रशासन कार्यालय, इलामबाट हालै नागरिकता लिएका छन् । उनलाई लागेको आरोपमाथि बिना सुनुवाइ चार दशकसम्म जेलमा बसेका दुर्गाप्रसादको तर्फबाट क्षतिपूर्ति माग गर्दै भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने परिवारको तयारी छ ।
