Tuesday, June 30News That Matters

दुर्घटनामा एकै परिवारका ६ जनाको ज्यान गयो, घटना भएको दस महीना सम्म न त प्रहरीले दोषी नै प्रकाउ गर्यो न पीडित परिवारले क्षेतिपूर्ति नै पाए

पूणर्पुष्टि, असोज ८

सुनसरी कोशी गाउँपालिका ७ हरिपुर चोकमा गत मंसिर शनिबार राति १२ः२० बजेको समयमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा उदयपुर त्रियुगा नगरपालिका १० का एकै परिवारका ६ जना र चालक सहित ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो । विराटनगरबाट उदयपुरको गाईघाट तर्फ आउँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट गईरहेको ना २ ख ९०८२ नम्बरको ट्रकले ठक्कर दिँदा एम्बुलेन्सका चालक सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

मृत्यु हुनेहरुमा त्रियुगा नगरपालिका १० बस्ने ८५ वर्षिय शिवमाया राई, छोरा ५० वर्षिय तुलबहादुर राई, भतिज ३२ वर्षिय दिनेश राई, ज्वाई ६१ बर्षीय उद्धव राई, नातिहरु ३१ वर्षिय दुर्गाधन र २८ वर्षिय टेकेन्द्र राईको घटना स्थलमै मृत्यु भएको थियो । यस्तै त्रियुगा नगरपालिका ८ का एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु भएका परिवारको अवस्था अहिले दयनिय छ । घटना भएको यत्तिका समय सम्म पनी क्षेतिपूर्ति नपाएको बिना राईले बताइन। अटो रिक्सा चलाएर परिवार पाल्दै आएका  दिनेशको मृत्यु भएपछि छोरा छोरीको लालन पालन २९ वर्षिय श्रीमति विना राईको काधमा आई परेको छ । छोरा इमाहाङ १ वर्षका हुँदा बुवा बीते, ठूली छोरी पुजा ११ वर्ष, कान्छी छोरी एन्जल ४ वर्षकी छिन् ।

सम्पतिको नाममा घर भएको जग्गा मात्रै रहेको छ। श्रीमानको मृत्यु पछि विनालाई परिवार चलाउन एकदमै मुस्किल परिरहेकी छ । ‘छोरा छोरीलाई पढाउन लेखाउन समस्या छ, ट्रक व्यवसायीबाट पाउनु पर्ने क्षतिपूर्ति पनि पाइएको छैन् । कसरी पेट पाल्नु ।’ भावुक हुँदै विनाले भनिन्, ‘आज खायो भोली कहाँबाट लिएर खाउँ भन्दै दिन वित्ने गरेको छ, जग्गा जमिनको नाममा घरले ओगटेको बाहेक अरु केही छैनन् ।  परिवार पाल्नका लागि श्रीमानले अटो किस्तामा लिएका थिए । श्रीमानको मृत्यु पछि भएको अटो पनि फाइनान्सले  किस्ता नतिरेको भन्दै तानेर लगेको उनले बताईन् । विनाले भनिन, ‘ट्रक व्यवसायीबाट क्षतिपूर्ति दिलाउन  जिल्ला प्रहरी कार्यालय सुनसरी पाँच पटक गईयो तर, प्रहरी प्रशासनले हाम्रो कुरै सुनुवाई नगरेको गुनासो गरिन् ।’ मृतक उद्दब राईको श्रीमती आशा राई त्यो बेलाको घटना संझदा पनी आफु पागल जस्तो हुने गरेको बताउछीन। गरीब भए पछि न्याय पाउन पनी गारो हुदो रहेछ उनले भनिन।’ कसैको जीवनमा पनी यस्तो  घटना नहोस।

२४ वर्षिय लिला राई र टेकेन्द्र विच विवाह भएको ६ महिना नवित्दै टेकेन्द्र दुर्घटनामा ज्यान गुमाए । मृतककी श्रीमति लिलाले भनिन्, २ महीनाकी ‘छोरी गर्भमा थीई अहिले ३ महिनाकी भएकी छिन् । श्रीमानले छोरा छोरीलाई भविष्यमा डाक्टर नर्स बनाउने सपना पनि तुहिएर गयो ।

बिराटनगर बाट आउदै छू है लीला भनेर फोन गर्नु भएको थियो तर उहा कहिल्लै नफर्किने गरी हामीलाई छोडेर जानु भयो।सुख के हो खुसी के हो सबै हराएको छ हाम्रो “लीलाले आँखा भरी आँसू पार्दै भनिन ’ मेरो छोरी कत्ती अभागी रहिछ आफ्नो बाबालाई बाबा भनेर बोलाऊँन पनी पाइन। बाबाले पनी छोरीलाई अंगालो हालेर छोरी सम्म भन्न पाउनु भएन। छोरीले बावाको माया पनि पाइन । मैले श्रीमानको साथ पाइन । श्रीमान श्रीमति विचको माया कस्तो हुन्छ भन्ने ६ महिना नपुग्दै दैवले टुटाइ दियो ।

लिला मात्र होइन उनकै जेठानी दुर्गाधनकी श्रीमति २४ वर्षिय सृजना राई पनि बैवाहिक बन्धनमा बाँधिएको ४ वर्ष नपुग्दै वियोगान्तमा परिणत भयो । अहिले उनी ४ वर्षिय छोरीसँग बस्छिन् । उनले पनि श्रीमानको माया वर्षौसम्म पाउन सकिनन ।

उनीहरुको पेशा कृषी पेशा छन् । सासुरा हजुरबुवा अर्थमान राई हिडडुल गर्न नसक्ने छन भने काका सासु ससुरा आपाङ्ग छन् । आफ्ना श्रीमान, देवर, सासुरा, हजुरआमा सासु  दुर्घटनामा गुमाइन । घरमा काम गर्ने पुरुष कोही छैन् । घरमुलीकै मृत्यु भएपछि अहिले परिवार छिन्नभिन्न अवस्थामा पुगेका छन् । ‘कहाँ कसरी व्यवहार गर्ने भन्नेमा हामीलाई केही थाह छैन्’ सृजनाले भनिन् ।यस्तै श्रीमति, एक छोरा, दुई नाति, ज्वाई र भतिज गुमाएको पीडाले ८६ वर्षिय अर्थमान राई राति बरबराउने, निन्द्रामै रुने हास्ने, कहिले काही मध्य राति नै उठेर गाउँ तिर बेहोसीमा जाने गरेका छन । मेरो सबै परिवार बीते यो उमेरमा आफ्ना सबैलाई गुमाए पछिको पीडा कस्तो होला अर्थमानले बोल्ननसकी नसकी हामी लाई भने।

राई परिवारका आफन्त नवीन राई दोषी लाई कारबाही गराउन र क्षेतिपूर्ति दिलाऊन सुनसरी जिल्ला प्रहरी कहा दशौ पटक गए तर प्रहरीले चासो नदेखाएको उनको गुनासो छ। अदालत बाट एम्बुलेंस मालिक र ट्रक मालिकलाई प्रकाउ गर्न प्रकाउपुर्जी जारी भए पनी प्रहरीले घटना घटेको १० महीना सम्म पक्राउ गर्न सकेको छैन। न त पीडितले  क्षेतिपूर्ति नै पाएका छन। यस्तो गम्भीर बिषयमा प्रहरीले चासो नदिदा पीडितहरु झन पीडामा परेका छन।