Thursday, May 7News That Matters

दुर्घटनामा घाइतेको मृत्यु

उदयपुर, असोज २९ गते ।
मोटरसाईकल दुर्घटनामा घाईते भएका उदयपुरका एक युवाको मृत्यु भएको छ  । दुर्घटनामा गम्भिर घाइते भएका त्रियुगा नगरपालिका–५ देउरी का २५ बर्षिय दिपेन्द्र रानामगरको उदयपुरको क्रममा मंगलबार राती मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरका अनुसार मंगलवार साँझ ६ बजे मुर्कुचीबाट गाईघाटतर्फ आउँदै गरेको मे ६ प ९५३९ नम्बरको मोटरसाईक त्रियुगा नगरपालिका ७ कालीखोलामा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाईते भएका मोटरसाईकलको पछाडी सवार सोही ठाउँका २२ बर्षीय शुशिल थापा बिराटनगरको न्यूरो अस्पतालमा उपचार भईरहेको छ । तिव्रगतिमा रहेको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।