
पूर्णपुष्टि, साउन १ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीमा स्थित अन्नपूर्ण विद्यालयका विद्यार्थीहरुलाई नेपाल आर्मिले राष्ट्रिय सेवा दल (NCC ) को तालिम दिने भएको छ । विद्यालयका ३६ जना किशोरकिशोरीलाई सय दिन सम्म तालिम दिईनेछ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, राष्ट्रसेवा, व्यक्तिगत क्षमता अविवृद्धि, मुलुकको इतिहास लगाएतका विषयमा प्रशिक्षित गरिनेछ ।
अन्नपूर्ण स्कुलमा आयोजित एक समारोहका बीच उक्त तालिमको उद्घाटन भएको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख सेनानी बिजयी भण्डारीले विद्यार्थीको क्षमता अभिवृद्धि गर्नु तालिममो उद्देश्य भएको बताए । जिल्लाका अन्य सामुदायिक विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दलले तालिम दिएपनि नीजि विद्यालयका विद्यार्थीलाई दिएको यो पहिलो तालिम हो ।
