Saturday, June 13News That Matters

वडाअध्यक्ष कप : स्वर्णिमलाई हराउँदै फ्युजन फुटवल क्लव फाईनल प्रवेश

पूर्णपुष्टि,चैत्र ८ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर–५,मा जारी वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनलमा फ्युजन फाईनल क्लव बोक्से प्रवेश गरेको छ । देउरीको बालुवाटारको खेल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा स्वर्णिम युवा क्लबलाई हराउदै फ्युजनले फाईनलसम्मको यात्रा सुरक्षित गरेको हो ।

मंगलबार भएको प्रतिस्पर्धामा फ्युजनले स्वर्णिमलाई २–० को गोलान्तरले पराजित गको थियो । प्रतियोगिताको पहिलो हापको १५औँ मिनेटमै डिएरियामा ‘ह्याण्ड टच’ भएपछी फ्युजनले पेनाल्टी शुट गर्ने मौका पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्युजनका प्रबिण राईले बिपक्षीको पोष्टको जाली चुमाउन सफल भएका थिए । पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता पाएको टिमलाई ५८ औँ मिनेटमा फ्युजनका नबल तामाङले दिएको क्रस बललाई हिट गर्दै फ्युजनकै जर्सि नम्बर १४का सनम राईले दोश्रो गोल गरेका थिए ।

सेमिफाईनल भएको प्रतियोगिताको उत्कृष्ट प्रदर्शन गर्ने फ्युजन फुटबल क्लबका नबल तामाङलाई म्यान अफ द म्याच घोषित गरियो । त्रियुगा नगरपालिका वडा नम्बर ५ को संयोजन र श्रीपुर फुटबल क्लब श्रीपुरको आयोजनामा संचालित फुटबल प्रतियोगितामा जम्मा ८ टिमले भाग छन् । वडाध्यक्ष कपको फाईनल खेल ९ गते बिहीबार सगरमाथा युवा क्लब राजाबास र फ्युजन फुटबल क्लब बोक्से बीच हुने आयोजकले जानकारी दिएको छ ।