
पूर्णपुष्टि, कार्तिक २१
तिहारको अवसरमा देउसी–भैलो खेल्न गएका २२ वर्षीय एक युवकको ट्याक्टरबाट लडेर ज्यान गएको छ । महोत्तरी गौशालाको रजखोरदेखि रामनगरतर्फ जाने क्रममा रजखोरका स्थानीय युवक अजय रानाको ज्यान गएको हो ।
ट्याक्टरबाट लडेर टाउकोमा गहिरो चोट लागेका रानाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्ने क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । २० जनाको समूह बनाएर स्थानीय युवा देउसी खेल्न ट्याक्टरमा यात्रा गरेर रामनगरतर्फ गएका थिए ।
