
पूर्णपुष्टि, साउन २७
आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नजिकै कतै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । त्यस्तै अहिले बदली भएको धेरै ठाउँको मौसम विस्तारै खुलेपनि बेलुकातिर फेरि पानी पर्ने सम्भावना हरेको छ ।
आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाईएको छ । केही दिनयता दिउँसो कम पानी पर्दा गर्मी भने बढेको छ ।
