
पूर्णपुष्टि, साउन ६
वितेको २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ६ लाख ७२ हजार ८७१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको छ ।
वितेको २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेकोे संख्या ९ हजार ६३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
वितेको २४ घण्टामा देशभर १,४७५ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै देशभर कोरोना हुनेको संख्या ६ लाख ३६ हजार ४०२ जना पुगेको हो ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ जना रहेका छन् । जसमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा रहेका छन्, भने २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२७ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९०, कास्कीमा १८५, झापामा १७०, चितवनमा १६३ ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, भक्तपुरमा ७९, सुनसरीमा ५२, तनहुँमा ४७, रुपन्देहीमा ४१, मकवानपुरमा ३५ र पाल्पामा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
