
पूर्णपुष्टि, जेष्ठ २०
वितेको २४ घण्टामा देशभर ५ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १८ हजार ५ सय ६२ पीसीआर परीक्षणमा ५ हजार ८ सय २५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ ।
यस्तै, वितेको २४ घण्टामा ५ हजार ९ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना मुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ, यो कोरोना मुक्त हुनेको ८१ प्रतिश रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ७५ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८ सय ३९ र क्वारेन्टाइनमा ८ सय ३१ जना रहेका छन् ।
