
पूर्णपुष्टि संवाददाता
१ चैत्र, २०८२ । उदयपुर
उदयपुरका १५ वटा सामाजिक संघसंस्थाहरूले आज सुर्खेतकी यिनीशा बिकको बलात्कारपछि हत्या तथा कञ्चनपुरकी १२ वर्षीय बालिकामाथिको सामूहिक बलात्कारका दोषीहरुलाई कडा कारबाहीको मागसहित सरकारलाई आज ज्ञापनपत्र बुझाएका छन्। उदयपुरका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र आज बुझाएका हुन्।
जिल्ला स्थित मानव अधिकारकर्मी महिला अधिकारकर्मी तथा सामाजिक संघसंस्थाले एकमुष्ट रुपमा गम्भीर ध्यानाकर्षण गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको हो।
उनीहरूले जग्गा नै अपराधका घटनाहरूमा उमेर घटाउने वा प्रमाण कृत्य गर्ने प्रयास भएमा संलग्न माथि कडा कारबाही गर्न, घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न र पीडितलाई कानुनी राज्यको महसुस गराई न्याय प्रदान गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउनेहरूमा फेडो कोशी प्रदेश, गैर सरकारी संस्था महासंघ नेपाल, मांसपेस उदयपुर, आभास उदयपुर, गैरसंख्य संस्था महासंघ उदयपुर, ओरेक उदयपुर, संकल्प कोशी प्रदेश, दलित महिला संघ उदयपुर, सेतो गुराँस, नवप्रभात नेपाल, मन फाउन्डेसन, सामाजिक उत्थान केन्द्र नेपाल र डब्लु एचआर उदयपुर रहेका छन् । ज्ञापन पत्रमा सबै संघसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
