
पूर्णपुष्टि, ३ फागुन ।
दोस्रो प्रदेश महोत्सवमा भोली प्रहरीले लागुऔषाध दुव्र्यसनी न्युनिकरणको कार्यक्रमलाई प्रस्तुत गर्ने भएको छ । महोत्सवको चौँथो दिन उदयपुरबासीहरुलाई सक्दो कार्यक्रममा सहभागी गरार्ई लागुऔषाध न्युनिकरणका लागि सचेतना तथा यसको असरकोबारे सचेतना गर्न लागिएको हो ।
बिहिबार त्रियुगा नगरपालिकाको कार्यालयमा कार्यक्रमको बारे पत्रकार सम्मेलन आयोजना गरी शुक्रबार उदयपुर प्रहरीको आयोजनामा लागुऔषाध नियन्त्रको कार्यक्रम गर्नेबारे जानकारी गराएको हो । प्रहरीले उदयपुरमा फैलदो लागुऔषाध दुव्र्यसनी कम गर्न बिभिन्न अभियानहरु सुरुदेखीनै चालिरहेको छ । आई डिएर नो ड्रग क्याम्पियन, से नो टु ड्रग जस्ता अभियान उदयपुरमा अहिले सफल पनि भैरहेको छ । साथै सचेतना कार्यक्रम र कार्वाहीलाई पनि प्रहरीले तिव्र रुपमा अगाडी बढाएको छ । यस कार्यक्रमलाई सम्बोधन गर्न नेपालको चर्चित र्यापर आषिश राना (लाउरे) पनि उदयपुर आउने भएको छ । उनले कार्यक्रमको बिषेश सहजीकरण गर्ने प्रहरीले जनाएको छ ।
