
पूर्णपुष्टि, ७ फागुन ।
चर्चित गायक राजेश पायल राई (राई इज किङ) आज गाईघाट आउने भएको छ । बरुवा बसपार्कमा संञ्चालन भैरहेको दोस्रो प्रदेश महोत्सवमा प्रस्तुती दिन राई आज गाईघाट आउने भएको हो । राईले महोत्सवमा भरपुर दर्शक जुमाउने छ । राई बिदेशको कार्यक्रम सकाएर भर्खन नेपाल झरेको छ । आफ्नो भव्य प्रस्तुती दिन राई महोत्सवको सातौँ दिनमा आफ्नो प्रस्तुती दिन आउने आयोजकले जनाए । राईको आगमनले दर्शकहरुको उल्लेखिय उपस्थित रहने आयोजकको बिश्वास छ । राई सँगै अन्य स्थानीय तथा राष्ट्रिय कलकारहरुले पनि महोत्सवमा मनोरञ्जन दिने छ ।

