
पूर्णपुष्टि, ८ फागुन ।
दोस्रो प्रदेश महोत्सवमा आज सविन राईको ब्याण्डले प्रस्तुती दिने भएको छ । आजको महोत्सवमा सांगितिक कार्यक्रम ३ बजेबाटनै सुरु हुँदैछ । सम्पूर्ण स्टलहरु र सामाग्रीहरु सहित दर्शकहरु २ बजेनै छिरिसक्नु पर्ने आयोजकले सूचना गरेको छ । म्यजिकल कन्सर्ट गर्ने सविन राईको टिमले महोत्सव तताउने आश गरिएको छ । युवा पुस्तामा निकै लोकप्रिय सविनको गाईघाटमा पहिलो कन्सर्ट हो । उनले मंगलबार टिम सहित गाईघाटमा प्रस्तुतीको लागि आउने बताएका छन् । आफ्नो प्रस्तुती हेर्न सम्पूर्ण फ्यान तथा दर्शकहरुलाई त्रियुगा महोत्सवमा उपस्थितका लागि आमन्त्रण समेत गरेको छ ।
